सुदूरपश्चिम प्रदेश महिला कमिटीले मनायो अन्तराष्ट्रिय श्रमिक महिला दिवस

धनगढी- नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदूरपश्चिम प्रदेश महिला कमिटीले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । (जिफन्ट) कार्यालय धनगढीमा महिला कमिटीले दिवस मनाएको हो । 

Dadeldhura hospital

नेकपा एमालेका पोलिटब्युरो सदस्य लिला भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न दिवसमा महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउनु पर्नेमा जोड दिइएको थियो । महिलाका अधिकार सुनिश्चित नभए सम्म सम्बृद्धी असम्भव रहेको भन्दै महिलालाई हरेक क्षेत्रमा अवसर अगाडि बढाउन सहभागीहरूले आग्रह गरेका थिए ।

Navadurga sun
Godawari sandesh

नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदूरपश्चिम प्रदेश महिला कमिटी अध्यक्ष कमला देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सहकारी विभाग संयोजक देव बहादुर बम, नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) सुदूरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, प्रेस चौतारी नेपालका सचिव लोगशरी कुँवर लगायतको सहभागिता थियो ।

दिवसकै अवसरमा बिभिन्न आन्दोलनको नेतृत्व गर्दै राजनीतिक नेतृत्वमा पुग्न सफल भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

Loading...