एक महिला आफ्नै कोठामा मृत फेला






बाजुरा- बाजुरामा एक महिला फ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको त्रिवेणी नगरपालिका-३ की १८ वर्षिया प्रियंका शाही आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


प्रहरीका अनुसार सोही ठाउँका पारस शाहीसँग करिब २ महिना अघि मात्र विवाह गरेकी थिईन । घटनापछि मृतकका श्रीमानलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरीले जनाएको छ ।



