अब कांग्रेस र कम्युनिष्टको विकल्प खोज्ने बेला आयोः लिङदेन

अत्तरिया- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब कांग्रेस र कम्युनिष्टको विकल्प खोज्ने बेला आएको बताएका छन् । उनले अब यो व्यवस्था र यी नेतालाई देशले धान्न नसक्ने बताए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध सभामा अध्यक्ष लिङदेलले देश बनाउन कांग्रेस– कम्युनिष्टको विकल्प खोज्जुपर्ने बताए ।

उनले भने, ‘देश बनाउन कांग्रेस, एमाले, माओवादीलगायतको विकल्प खोज्नुपर्छ, त्यो विकल्प राप्रपा हो।’ उनले यो व्यवस्था र यी नेता असफल भइसकेका बताउँदै राप्रपालाई मौका दिन आग्रह गरे । उनले भने, ‘अब पनि कांग्रेस र कम्युनिष्टबाट देश बन्छ भन्नु देश बर्वादमा जानू हो, अब यिनीहरुले देश बनाउँछ भनेर नपर्खौ, विकल्प रोजौँ ।’

Godawari sandesh
Navadurga sun
Dadeldhura hospital

अध्यक्ष लिङदेनले अभिभावकको रुपमा राजालाई राखेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको ब्यबस्था लागू गर्नुपर्नेमा जोड दिए । चाँडै यो ब्यबस्था लागू गर्न नसके देश बर्वाद हुने लिङदेनको भनाइ छ । उनले भने, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने गरी कानुन बनाइरहेको बर्तमान सरकार असफल भइसक्यो, कमिशन खानलाई एयरपोर्ट बनाइरहेका छन् अनि यिनीहरुबाट देश बन्छ भनेर के आश गर्ने। युवा बेचेर देश चलाउनुपर्ने अबस्थाको चाँडै अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

विरोध सभामा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले काण्डै काण्डका नाइकेहरु कसरी अग्रगमनकारी हुन सक्छन् भनी प्रतिप्रश्न गरे । उनले भने, ‘देश बचाउन देशभरका राजनीति दलबीच एकता हुन आवश्यक छ, जसमा राजसंस्था पनि एक शक्ति हो उसलाई पनि सँगै लैजानुपर्छ ।’

सरकारलाई खबरदारी स्वरुप धनगढीको पार्कमोडमा गरिएको विरोध सभामा राप्रपाका दर्जनभन्दा बढी केन्द्रीय नेताले मन्तब्य ब्यक्त गरेका थिए। मन्तब्य ब्यक्त गर्ने सबैले बर्तमान सरकार र देशका मुख्य दलको बिरोधमै समय खर्चिएका थिए ।

राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रदेश प्रबक्ता छत्र शाहीले गरेका थिए । बिरोध सभामा सहभागी हुन कैलाली–कञ्चनपुरका विभिन्न ठाउँबाट राप्रपा समर्थित नेता तथा कार्यकर्ता ठूलो संख्यामा जम्मा भएका थिए ।

Loading...