कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरीका सई बोहराको निधन

अत्तरिया- कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई ) योगेन्द्र बहादुर बोहराको निधन भएको छ ।

सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सई बोहराको निधन भएको हो । 

सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बोहरा हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए ।

Loading...