रेडक्रस कैलालीको सभापतिमा जोशी निर्वाचित

अत्तरिया- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको सभापतिमा लोकराज जोशी निर्वाचित भएका छन् । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ४९ औं जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् ।

त्यस्तै उप-सभापतिमा बल बहादुर रावल, महिला उप-सभापतिमा दिपा बडायक, मन्त्रीमा राकेश हमाल, उप-मन्त्रीमा भिम बहादुर महर, कोषाध्यक्षमा गोविन्द प्रसाद जोशी र उप-कोषाध्यक्षमा रंग प्रसाद तिमिल्सैना निर्वाचित भएका हुन् । 

त्यसैगरी सदस्यहरूमा छत्र बहादुर बम, धर्मराज जोशी, दिनेश कुमार लामिछाने, टोप बहादुर के.सी., कमल देवकोटा, पुष्कर बहादुर मल्ल र सुरत बहादुर स्वार रहेका छन् भने महिला सदस्यहरूमा धौली कुमारी जैशी, मिना कुमारी चौधरी र तारा साउँद रहेका छन् । 

Loading...