

अछाम- अछामको एक घरमा आगलागी भएको छ ।




जिल्लाको चौरपाटी गाउँपालिका–१ खेडिगाँउ बस्ने लाले आउजीको २ तले २ कोठे खरले छाएको कच्ची घरमा शुक्रवार आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


लाले आउजीका ७ वर्षीय छोरा विनोद आउजीले खेल्ने क्रममा आगलागी भएको जनाइएको छ । उक्त आगलागीबाट आउजीका घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा सबै पूर्ण रुपमा जलि नष्ट भएको प्रहरीले जनाएको छ ।

