विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका बारे अन्तरक्रिया

अत्तरिया- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र जोखिम सञ्चारमा मिडियाको भूमिका बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र मर्सिकोरको प्राविधिक सहयोगमा धनगढीमा दुई दिने कार्यक्रम आयोजना गरिएको हो ।

Navadurga sun

कार्यक्रमको उद्‌घाटन सत्रमा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री सार्कीले विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकोले सचेत रहनु पर्ने बताए । विपद्मा हुने क्षति न्यूनिकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उनले सत्यतथ्य सूचना सम्प्रेषण गर्नु सञ्चारमाध्यमको दायित्व भएको बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी हमालले नेपाल भूकमप तथा मौसमी प्रकोपहरू भोगीरहने देश भएकोले अघिल्ला घटनाबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।

विपद्को समयमा हुने क्षति न्युनिकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भूमिका हुने भन्दै हमालले राज्यले सञ्चारमाध्यमलाई सहि ढंगले परिचालित गर्नुपर्ने बताए । 

उनले विपद्मा सञ्चारमाध्यमलाई सुरक्षित राख्नु समेत राज्यको दाईत्व भएको बताए । कार्यक्रममा आफ्नो भनाई राख्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले सञ्चारमाध्यकले विभिन्न अभावका बिच पनि विपद् सम्बन्धि रिपोर्टिङ गरिरहेको बताए ।

कार्यक्रमको पहिलो दिन सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति दिपेन्द्र सिंह विष्ट, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव एवम् प्रवक्ता डिजेन भट्टराई,सिनियर डिजिटल हाईड्रोलोजिस्ट राम प्रसाद अधिकारी लगायतले प्रस्तुती राखेका थिए । भोली सम्म चल्ने कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ । 

ADD Khali jpg
ADD Khali jpg
Loading...