डोटीमा जिपको ठक्करबाट बालिका घाइते

डोटी- डोटीमा जिपको ठक्करबाट एक बालिका घाइते भएकी छन् । जिल्लाको शिखर नगरपालिका–२ मुडे बस्ने शंकर पार्कीकी ९ वर्षीया छोरी समिक्षा पार्की जिपको ठक्करबाट घाइते भएकी हुन् ।

दिपायल सिलगढी ननगरपालिका–४ रिभर साइड होटल नजिक केआईसिंह राजमार्गमा दिपायल बाट मौवा तर्फ जादै गरेको चालक डोटीको आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको जिपले बालिकालाइ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते बालिकालाइ उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल डोटी लगिएको प्रहरीले जनाएको छ । जिप र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

Loading...