अछाममा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार

अत्यधिक रक्तस्राव भएपछि अछामकी एक सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

कमलबजार नगरपालिका–८ निवासी ३५ वर्षीया रङ्गादेवी भण्डारीले बच्चा जन्माएपछि रक्तस्राव नरोकिएपछि आइतबार हेलिकोप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष विकले जानकारी दिएका छन् ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा उनलाई उद्धार गरिएको हो ।

Loading...