बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते

धनगढी । बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ मा जिप दुर्घटनामा परेको हो। बैतडी प्रहरीले शनिवार साँझ से १ ज ४१४ नम्बरको जिप दुर्घटना भएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले जिपमा चालकसहित ६ जना सवार रहेकामा तीन जना घाइते भएका बताएका छन्। जिपका चालक फरार भएका छन्। घाइते तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।

Navadurga sun

डडेल्धुराको अमरगढी नगरपालिका–७ का ३५ वर्षीय दीपक कैनी, सोही ठाउँका ४५ वर्षीय टेक कैनी र ५६ वर्षीय शिव पार्की घाइते भएका हुन। जिप चालक ३२ वर्षीय केशव कैनी फरार रहेका प्रहरीले बताएको छ।

तामाको भाडाकुँडा विक्री गर्दै आएकाहरू दुर्घटना परेका हुन्। जिपमा ३५ ओटा बाख्रा पनि रहेका र ती मध्ये तीन ओटा बाख्रा मरेका छन।् पाँच ओटा घाइते भएका छन्। कच्ची सडकमा जिप अनियन्त्रित भइ सडकबाट तल खसेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...