गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

धनगढी- कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।

गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो दिन हुने खेलमा कोसी प्रदेशले अनुपस्थित जनाएपछि लुम्बिनी प्रदेश सिधै अन्तिम चारमा पुगेको हो ।

Navadurga sun

कोशी प्रदेशको लिग विजेता बनेको र प्रेसिडेन्ट कपमा सहभागिता जनाउने भएकोले कोशी प्रदेशको गाईघाट फुटबल क्लबले अनुपस्थित हुने पत्राचार गरेपछि लुम्बिनी सिधै सेमिफाइनल पुगेको हो ।

योसँगै सेमिफाइनल समीकरण पनि पुरा भएको छ । लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले अब फाइनल प्रवेशका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ वटा प्रदेशका टिमहरूको सहभागिता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागिता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए। गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...