बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेर फेरि एक लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) छापावाला सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँ पुगेको छ। मंगलबार सुन एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो। यसअघि यहीँ २९ माघ मंगलबारका दिन सुन तोलाको एक लाख ७० हजार २०० पुगेको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...