सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा कारोबार भएको सुन आज एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...