



कञ्चनपुरको वेदकोटमा प्रथम नगर उप-प्रमुख कफ विद्यालय स्तरीय छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबार वेदकाेट नगरपलिकाको आयोजनामा श्री भुवनेश्वरी मा.बि सिसैयाको प्राङ्गणमा उद्घाटन समारोह सम्पन्न गरेको हो ।


उक्त प्रतियोगितामा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रजापतिको सभाध्यक्षता भएको प्रतियोगितामा वेदकाेट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख आतिथि रहनु भएको थियो । प्रतियोगिताको वेदकाेटका नगर उप प्रमुख तुलसी जोशी लगायतको उपस्थिति रहेको थियो ।

