सत्यवती एकेडेमीको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको प्रतिष्ठित शैक्षिक संस्था सत्यवती एकेडेमीले आफ्नो १३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । “योग्य तथा सभ्य नागरिक उत्पादन गर्ने हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Ganyapdhura gau
Dadhaldhura pur

हाल करिब २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत यस एकेडेमीमा प्लस टु विज्ञान संकाय सम्मको पठनपाठन सञ्चालन हुँदै आएको छ । विद्यालयका सञ्चालक वीर बहादुर कडायतले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीलाई अनुशासित, प्रतिभावान् र जिम्मेवार नागरिक बनाउने प्रतिबद्धता व्यक्त गरे । साथै, विद्यालयकी प्रिन्सिपल यसोदा ध्याडी कडायतले विद्यार्थीको सर्वांगीण विकासका लागि निरन्तर क्रियाशील रहेको बताइन् ।

Navadurga sun

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटकलगायत विविध प्रस्तुतिहरू प्रस्तुत गरे । अभिभावकहरूले विद्यालयको व्यवस्थापन तथा शैक्षिक सुधारका विषयमा आफ्ना विचार राखेका थिए। यस अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।

स्थानीय समाजसेवी तथा शिक्षाप्रेमीहरूले सत्यवती एकेडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा थप सफलता प्राप्त गर्ने शुभकामना व्यक्त गरे ।

ADD Khali jpg
ADD Khali jpg
Loading...