सुदूरपश्चिमका एकदुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाण्डौ । आजदेखि पर्सि सोमवारसम्म हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीसँगै एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Dadeldhura hospital

अन्य प्रदेशको मौसम सामान्यतया सफा रहने अनुमान छ । भोलि र पर्सि भने बाग्मती प्रदेशका एक–दुई ठाउँमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

बिहानीपख तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Loading...