चुरे ६ मा रहेको मेलकट्टेश्वर माविको ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस, रक्तदान कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिका ६ मा रहेकाे श्री मेलकट्टेश्वर माध्यमिक विद्यालय बयलाले ६४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन अध्यक्ष दान बहादुर महराको सभापतित्वमा संचालित वार्षिकोत्सव तथा अभिभावक दिवसमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथीमा चुरे गाउँपालिका उपाध्यक्ष धना देबी थापा रहेकी थिइन् । 

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै अतिथिमा चुरे गाउँपालिका वडा  न ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद, समाजसेवी हरी शंकर योगी, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, पत्रकार, क्लबका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थीहरूको सहभागी रहेको थियो ।

रक्तदान कार्यक्रम सम्पन्न

Dadeldhura hospital

कैलाली जिल्लाको चुरे गाउँपालिका वार्ड न. ६ बयलामा अवस्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा रेडक्रस सर्कलले विद्यालयको ६४ औं वार्षिकोत्सव समारोहको अवसर पारी आज दोस्रो पटक ” बृहत् रक्तदान कार्यक्रम ” आयोजना गरेको हो । रक्त संचार सेवा केन्द्र, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरि ३३ जनाले रक्तदान गरेका थिए । 

यस भन्दा अघि बिद्यालयको ६३ औं वार्षिकोत्सव समारोहको अवसर पारी गत फागुन ५ गते पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जहाँ ३० जनाले रक्तदान गरेका थिए । 

ग्रामीण क्षेत्रमा गरिने रक्तदान कार्यक्रमले दूरदराजका व्यक्तिहरूमा रक्तदान गर्नुपर्छ भन्ने सचेतना बढ्ने र रक्तदान सम्बन्धी भ्रमहरू पनि चिरिने विश्वास रक्तदाताहरुले बताएका छन । साथै बिद्यालयमा आयोजना हुने यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई युवा अवस्था देखी नै रक्तदान गर्न उत्प्रेरित गर्ने र रक्त अभाव हुन नहुने पनि ने. यु. रे. स. का शिक्षक नायक सुभाषचन्द्र भण्डारी बताउँछन् । 

रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरिएको थियो । आगामी दिनहरुमा पनि रक्तदान कार्यक्रमले निरन्तरता पाउने बिद्यालयका प्रधानाध्यापक तथा ने. यु. रे. स. का संरक्षक बम बहादुर खत्रीले बताए ।

नेपाल युवा रेडक्रस सर्कल, श्री मेलकट्टेश्वर मा. बि. ले सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। बिद्यालय परिसर र बाह्य वातावरण सरसफाइ, वृक्षारोपण, बालविवाह सम्बन्धी सचेतना  जस्ता कार्यक्रम निरन्तर रुपमा गर्दै आइरहेको कुरा ने. यु. रे. स. का अध्यक्ष निरज मलासीले बताए ।

Loading...