दार्चुलाको एक घरमा आगलागी

Dadeldhura hospital

दार्चुला । दार्चुलाको एक घरमा आगलागी भएको छ। मालिकार्जुन गाउँपालिका ७ चौकी बस्ने भुपेन्द्र चन्दको घरमा बिद्युतको तार सर्ट भई सोमवार आगलागी भएको हो।

Ganyapdhura gau

आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामान गरी अन्दाजी मुल्य ३ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागीबाट मानविय तथा चौपाया क्षती नभएको र आगलागी नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Couple
Loading...