चुरे गाउँपालिकामा निबुवा प्रशोधनबाट कालो चुक उत्पादन गरिदै 

अत्तरिया- कैलालीको चुरे गाउँपालिका-६ फल्टुडे स्थित हाम्रो अचार उद्योगमा निबुवा प्रशोधन गरेर कालो चुक उत्पादन गरिदै आएको छ । स्थानीय स्तरमा उत्पादित यस चुकको बजार मूल्य प्रतिलिटर ८ सय रुपैयाँ तोकिएको छ ।

Dadeldhura hospital

चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीका अनुसार गाउँपालिकाले कृषि तथा फलफूल खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

अध्यक्ष बोगटीले भने, “हामी किसानहरुलाई आवश्यक तालिम, सहयोग र प्रविधि प्रदान गर्दै आएका छौं । निबुवा प्रशोधन जस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आम्दानीको अवसर समेत बढाएको छ ।” 

उद्योगले उत्पादित कालो चुक स्थानीय बजारमै राम्रो बिक्री हुने गरेको उद्योग सञ्चालक हरी शंकर योगीले बताए । उत्पादकहरूले यसलाई गुणस्तरीय र स्वास्थ्यका दृष्टिले लाभदायक रहेको दाबी गर्छन् । गाउँपालिकाले यस्ता साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्दै कृषिमा आधारित उद्यमशीलता विस्तार गर्ने लक्ष्य लिएर अगाडि बढि रहेको छ ।

Loading...