बोल्नाया थलीद्वारा आयोजित प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिताको उपाधि महेन्द्र मा.वि कञ्चनपुरलाई

लक्ष्मन ओझ/अत्तरिया- कैलालीको धनगढीमा बोल्नाया थलीद्वारा आयोजित प्रदेश स्तरीय पहिलो अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ ।  उक्त प्रतियोगिता माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पसमा आयोजना भएको थियो ।

उक्त प्रतियोगिताको उपाधि उपाधि महेन्द्र माध्यमिक विद्यालय, महेन्द्रनगर कञ्चनपुरले हात पारेको छ, भने एलायन्स इन्टरनेसनल विद्यालय धनगढी द्वितीय हुन सफल भएको हो । त्यसैगरी प्रतियोगिताकाे तृतीय स्थान धनगढी नमूना माध्यमिक विद्यालय ले हात परेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर डडेलधुरा र बझाङ का १० विद्यालय बाट १९ समुह सहभागी थिए जसमध्ये १७ समुह ले प्रतियोगिताकाे लिखित बहस नोट चरण पार गरेभने १३ समुह ले बहस चरण पूरा गरी प्रतियोगिता मा सहभागिता जनाएका थिए ।

उक्त १३ समुह मध्ये उत्कृष्ट बहस नोट धनगढी स्थित CCS+2 ले हात परेको छ भने Team Spirit पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय सुखडले हात पारेको हो । प्रतियोगिताको उत्कृष्ट वक्ता धनगढी नमूना माध्यमिक विद्यालय की छात्रा शर्मिला धनुकले हात पारेकी हुन् ।

कार्यक्रम Axis विद्याश्रम काे सहकार्य एवम Dejure Institute of law काे प्रयोजन मा सम्पन्न भएको हो र सुदूरपश्चिम प्रदेशकाे कानुनी शिक्षाकाे इतिहासमा सबैभन्दा बढी सहभागी एवम वैद्धिक व्यक्ति बीचको जमात यो प्रदेशमै पहिलो पटक दुई दिन सम्म चलेको यो कार्यक्रममा प्रारम्भिक चरणको न्यायाधीशका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अभ्यास अदालत प्रतियोगितामा सहभागिता जनाई सकेका कानुन अध्ययनरत विद्यार्थीहरुका साथै कानुन व्यवसायी एवम् कानुनका विज्ञ व्यक्ति थिए ।

कार्यक्रमको आयोजक कमिटीकाे रूपमा कैलाली बहुमुखी क्याम्पस कानुन संकाय पहिलो र तेस्रो सत्रमा अध्ययनरत राजेश ओझा लगायतका विद्यार्थीहरूले रहेका थिए ।

Loading...