कैलाली र कञ्चनपुरबाट ५ लाख बढी मुल्यको सामान बरामद

कैलाली- कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट ५ लाख बढी मुल्यको सामान बरामद गरिएको छ।

Dadeldhura hospital

धनगढी उपमहानगरपालिका–२ शिसापोष्ट, धनगढी उपमहानगरपालिका–१ अदालतरोड, धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट, भजनी नगरपालिका–७ सिराधानी सिबिर नजिक, भजनी नगरपालिका–९ भुरुवा, टीकापुर नगरपालिका–२ अस्नेहरी मनेहरा शिविर नजिक र बालुवाटारबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ५ लाख ५५ हजार ५९० बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो ।

Navadurga sun
Godawari sandesh

लेडिज सुट, गलबन्दी, सुर्ति, गुड्खा, बिडी, मैदा, प्लाष्टिकको झिल्ली, लगायतका सामान नम्बर नखुलेको हिरोहण्डा मोटरसाईकलसहित जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

यस्तै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ जमुनाघाडीबाट अन्दाजी मुल्य ८ हजार बाराबरको कुखुराको चारा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

Loading...