एकीकृत समाजवादी कैलाली इन्चार्जमा सोडारी

अत्तरिया- नेकपा एकीकृत समाजवादीले कैलाली इन्चार्जमा दीर्घ बहादुर सोडारीलाई तोकेको छ । पोलिटब्युरो सदस्य समेत रहेका सोडारी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन । एकीकृत समाजवादीको असारमा १० औँ राष्ट्रिय महाधिवेशन सकिए पनि जिम्मेवारी भने ढिला गरी तोकेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

७७ जिल्लामा इन्चार्ज तोकेको समाजवादीले निर्वाचन क्षेत्रको इन्चार्ज पनि तोकेको छ । जसमा कैलाली क्षेत्र नम्बर १ मा सुशीला बुढाथोकी २ मा लक्ष्मीकुमारी चौधरी ३ मा चुनकुमारी चौधरी, ४ मा कल्पना रेग्मी र ५ मा तारादेवी तामाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएकालाई जिल्लाको सह इन्चार्जको पनि जिम्मेवारी दिइएको छ ।

Navadurga sun
Godawari sandesh

त्यस्तै सुदूरपश्चिममा डोटी जिल्लाको इन्चार्जमा पूर्णा जोशी, अछामको इन्चार्जमा कुलबहादुर कुँवर, बझाङको इन्चार्जमा दिलबहादुर सिंह, बाजुराको इन्चार्जमा अजय बहादुर मल्ल, दार्चुलाको इन्चार्जमा प्रमाराम ओड, बैतडीको इन्चार्जमा माया भट्ट, डडेल्धुराको इन्चार्जमा नरबहादुर विष्ट र कञ्चनपुरको इन्चार्जमा लालबहादुर खड्कालाई जिम्मेवारी तोकिएको छ । एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जनाएको छ ।

Loading...