कृष्णपुर नगरपालिकाद्वारा ५०% अनुदानमा चैते धानको मूल बीउ वितरण गरिदै

कञ्चनपुर- कृष्णपुर नगरपालिकाले कृषकहरूको उत्पादन वृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले ५०% अनुदानमा चैते धानको मूल बीउ वितरण गर्ने भएको छ । कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार सो बीउ वितरण कार्यक्रम माघ १८ गते देखि सुरु हुने छ ।

नगरपालिकाले कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै कृषकहरूलाई सुलभ मूल्यमा उच्च गुणस्तरको बीउ उपलब्ध गराउने लक्ष्य लिएको छ । यस क्रममा बीउ उत्पादन गर्ने कृषि सहकारी, कृषक समूह तथा व्यक्तिगत कृषकहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

वितरण कार्यक्रम
मिति: २०८१ माघ १८ गतेदेखि
स्थान: कृष्णपुर नगरपालिका, कृषि विकास शाखा
समय: बिहान ११:०० बजे
बीउको परनिर्धारित मूल्य: प्रति के.जी रु. ७०/-
कृषकले व्यहोरने मूल्य: प्रति के.जी रु. ३५/-

नगरपालिकाले सम्बन्धित कृषकहरूलाई तोकिएको मितिमा उपस्थित भई अनुदान योजनाको लाभ लिन अनुरोध गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार यो कार्यक्रम कृषकहरूको उत्पादन वृद्धि र कृषि आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन योजनाको एक महत्वपूर्ण अंश हो ।

Loading...