भन्सार छलीको सामान बरामद

धनगढी । कैलालीबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । शनिवार धनगढी र टीकापुरबाट प्रहरीले १ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको भारतबाट अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – ९ त्रिवेणीघाट र टीकापुर नगरपालिका – ९ बालुवाटारबाट कस्मेटिक समान, दाल, चिनी, खाने तेल, भडावर्तन लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...