अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शव चिस्यान सेवा सुरु गरेको छ । निःशुल्क चिस्यान सेवा सुरु गरेको हो ।


शव चिस्यान सेवाका लागि नगरपालिका बजेटबाट ३ लाख २५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । सो बजेटमा ठेक्का सम्झौतामार्फत शव चिस्यान यन्त्र ३ लाख ४ हजार रुपैयाँमा खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
यस यन्त्र मार्फत शवलाई केही दिनसम्म सुरक्षित रूपमा चिसो अवस्थामा राख्न सकिनेछ, जसले गर्दा अन्तिम संस्कारको लागि परिवारजन उपस्थित हुन पर्याप्त समय मिल्नेछ । नगरपालिकाले यो सेवा निशुल्क रूपमा प्रदान गर्ने जनाएको छ ।

