अछाममा बजार अनुगमन, ५ पसललाई जरिवाना




अछाम, १० भदौ- अछामको मंगलसेन बजारमा अनुगमन गरिएको छ । मंगलसेन नगरपालिकाको टोलिले किराना पसल, होटल तथा भाडा पसल अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा ५ पसलका सन्चालकलाई जरिवाना समेत गरिएको छ ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको नेतृत्वमा गएको टोलिले तरकारी तथा फलफुल पसल हाटबजारमा नभएर बजारमा बिक्रि वितरण गरिरहेकाले कारबाही समेत गरेको छ ।


प्रत्येक पसललाई तत्काल हाटबजारमा पसल राखेर बिक्रीवितरण गर्न निर्देशन सहित तत्काललाई कारबाही स्वरुप १ हजार जरिवाना गरिएको छ । मूल्य सुचि, दर्ता नविकरण, खाद्य पदार्थको म्याद, सरसफाईको अबस्था बारे अनुगमन गरि आवश्यक निर्देशन दिईएको छ ।



