

अछाम । अछामको रानीवन प्रहरी चौकीले नयाँ भवन पाएको छ । तुर्माखाँद गाउँपालिका–६ कुनीगडामा निर्माण गरिएको रानीवन प्रहरी चौकी भवनको सोमबार गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले उद्घाटन गरेका हुन् ।



भवन उद्घाटन गर्दै अध्यक्ष बिसीले दुर्गममा खटिने प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिसँग नजिक बनाइनु पर्ने बताए । त्यसो गरे मात्र प्रहरीलाई काममा उच्च मनोबल प्राप्त हुने अध्यक्ष बिसीको भनाइ छ ।


दैलेख जिल्लासँग सीमा जोडिएको क्षेत्रमा वर्षौदेखि भाडाको भवनमा बस्दै आएका प्रहरी गाउँपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि खुशी भएका छन् ।
उदटनपछि नयाँ भवन बुझ्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले भवन निर्माण गरेर स्थानीय सरकारले प्रहरीको आत्मबल बढाएको बताए । उनले अब रानीवन क्षेत्रको शान्ति सुरक्षाका लागि थप सहज हुने विस्वास दिलाए । नवनिर्मित रानीवन प्रहरी चौकीको भवनमा कार्यालय प्रशासन शाखा, ब्यारेक, भान्साघर र शौचालय रहेको छ ।





