धनगढी उप-महानगरपालिकाले बाजुराको बडीमालिका मन्दिरमा डोल पठाउने

धनगढी-  कैलालीको धनगढी उपमहानगरपालिकाले बडीमालिका मन्दिरमा डोल पठाउने भएको छ । बाजुराको बडीमालिका मन्दिरका लागि धनगढीले सरकारी डोल पठाउने भएको हो ।

नगर प्रमुख गोपाल हमालले पहिलो पटक पूजा सामाग्रीसहितको सरकारी डोल पठाउने तयारी गरेको बताएका छन् । नगर प्रमुख हमालले भने, ‘धनगढी सुदूरपश्चिमको प्रमुख सहर हो । एक मात्र उपमहानगर पनि हो ।

Dadeldhura hospital

धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको छ। बडीमालिका प्रति धेरैको आस्था रहेको छ । हामी पूजा सामाग्रीसहित सरकारी डोल पठाउछौ ।’ धनगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने भएका हुन् ।

राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र चन्द्रनाथको पल्टन जुम्लाबाट बडीमालिका पठाउने परम्परा छ । बाजुरा जिल्लाले पनि पछि डोल पठाउन थालेको हो ।

धनगढीले पनि पहिलो पटक श्रीवृद्धिका लागि भन्दै डोल पठाउने तयारी गरेको नगर प्रमुख हमालले बताए। उनले भने, ‘धनगढीमा सबै जिल्लाका मान्छेहरू छन । धनगढीका नागरिकको श्रीवृद्धिका लागि डोल पठाउने भएका छौ ।’

Loading...