कैलालीबाट भन्सार छलीका सामान बरामद

Dadeldhura hospital

धनगढी । कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ सिशापोष्ट नजिक, भजनी नगरपालिका–६ महादेउली, कैलारी गाउँपालिका–७ विपदपुर र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १० हजार ६८३ बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको चिनी, गुड, बदाम, चक्लेट, मसला, नरिवल, पास्ता, बिडी, सुर्ती, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

bhagawat sav house
Loading...