चार लाखको अवैध सामान बरामद

धनगढी । कैलाली कञ्चनपुरबाट ४ लाखको भन्सार छली भारतबाट भित्र्याएको अवैध सामान बरामद गरिएको छ । बुधवार प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका – २ रामजानकी मन्दिर नजिक, गोदावरी नगरपालिका – ४ गोदावरी वनदेवी मन्दिर नजिक, टीकापुर नगरपालिका ९ बालुवाटार स्थित सडक खण्ड र भीमदत्त नगरपालिका –११ भुजेलाबाट अवैध सामान बरामद गरेको हो ।

कैलालीबाट २ लाख ८८ हजार ८७० रुपैयाँ बराबरको बिडी, सुर्ती, मेहेन्दी, स्याम्पु, मसाला, साडी, चाउमिन, प्लास्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कञ्चनपुरबाट १ लाख ५१ हजार ७ सय बराबरको थान कपडा, साडी, हार्डवेयर, साइकल लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

Loading...