बेलौरी नगरपालिकामा माघे संक्रान्ति उपलक्ष्यमा माघ २ र ३ गते स्थानीय बिदा घोषणा

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकामा माघे संक्रान्ति पर्वको उपलक्ष्यमा माघ २ र ३ गते स्थानीय बिदा दिइएको छ । नगरप्रमुख पोतिलाल चौधरीद्वारा हस्ताक्षरित सूचनामा नगरपालिकाले शुभकामना सन्देश सहित बिदा घोषणा गरेको जानकारी दिएको छ । 

यसअघि, सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते थारु समुदायको माघी पर्वको अघिल्लो दिन “जिताको अवसर” मा सार्वजनिक बिदा दिएको थियो ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । संघीय सरकारले पनि माघ १ गते राष्ट्रिय पर्वको रूपमा सार्वजनिक बिदा प्रदान गर्दै आएको छ ।

बिदा घोषणाले स्थानीय बासिन्दाहरूलाई माघी पर्वको उत्सव उल्लासपूर्वक मनाउन सहज हुने अपेक्षा गरिएको छ ।

Loading...