शिवशंकर वनको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

धनगढी । कैलालीको शिवशंकर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कांग्रेस – एमाले सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गौरीगंगा–९,मसुरियामा रहेको उक्त वनको नयाँ कार्यसमिति चयनका लागि भएको शनिवार भएको मतदानमा कांग्रेसका बल बहादुर बोहरा प्यानल सहित विजयी भएका हुन ।

बोहराले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार सोबिन्द्र सिंह धामीलाई पराजित गरेका थिए । खसेको ५०८ मध्ये कांग्रेस–एमाले गठबन्धनका बोहराले ३०३ मत पाएर विजयी हुँदा धामीले १८२ मत प्राप्त गरे।

Navadurga sun

त्यसै गरी उपाध्यक्षमा धन बहादुर खडकाले ३०१, सचिवमा हरिना देवी साउँद २९६,सह–सचिवमा चक्र बहादुर ताडी २८७, कोषाध्यक्ष निरु देवी बुढामगरले ३०४ ले मत प्राप्त गरी विजयी भएका स्थानीय हेमन्त बाजेले जानकारी दिए।

नव निर्वाचित अध्यक्ष बोहराले अग्रजहरूको सुझावका आधार र कार्यसमितिको थप बलबाट वन संरक्षणका साथै अन्य सामाजिक काममा लाग्ने प्रतिबद्धता जनाएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...