डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते

डडेल्धुरा- डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–२ मरौडा स्थित आफ्नै बारीमा रहेको रुखबाट लडेर १० वर्षीय बालक घाइते भएका हुन् ।

घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

Loading...