बझाङ- बझाङमा ७ पशुचौपाया मरेका छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिका–३ मेलतडी स्थित २ तले घरको भुँइ तलामा रहेका ७ पशु चौपाया मरेका हुन् ।
भुँइ तलामा आगो बालेर परिवार गाउँमा रहेको आएकोमा आगोको धुवाँबाट निस्सासियर भुँइ तलामा बाँधेर राखेका एक भैँसी, दुईवटा गोरु, दुईवटा गाई, एउटा गाईको बाच्छो, एउटा खसी गरेर ७ वटा पशुचौपाया मरेको स्थानीयले बताएका छन् ।