नेपाल ज्योतिष परिषदको २७ औं वार्षिकोत्सव सम्पन्न

धनगढी- नेपाल ज्योतिष परिषदको २७ औं वार्षिकोत्सव धनगढीमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद कैलाली शाखाको आयोजनामा बुधवार सम्पन्न कार्यक्रमको उद्‌घाटन नेपाल ज्योतिष परिषदका केन्द्रिय उपमहासचिव ज्योतिषाचार्य खेम मिश्रले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले ज्योतिषिहरुको क्षमता अभिवृद्धि हुनु पर्ने बताए ।

‘ज्योतिष विज्ञान नै आधुनिक विज्ञानको पिता हो’ प्रमुख अतिथि मिश्रले भने ‘यो वैदिक विज्ञानको महत्त्व हाल संसार भरी फैलिदै गएको छ त्यसैले अब ज्योतिषीहरुको पनि क्षमता विकास हुन आवश्यक छ ।’ ज्योतिष विज्ञानको अध्ययन एवम् अनुसन्धानमा ज्योतिषीहरूले जोड दिनुपर्नेमा प्रमुख अतिथि मिश्रले बताए । समय सापेक्ष ज्ञान र प्रविधिको प्रयोग गरेर सबै ज्योतिषीहरूले आफ्नो ज्ञानको दायरा बढाउनुपर्ने उनको तर्क थियो ।

Navadurga sun

मिश्रले भने ‘हाल ज्योतिष विज्ञानको माग राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको छ। त्यसैले अब आधुनिक युग सुहाउँदो सेवा दिन ज्योतिषीहरूले पनि आफ्नो क्षमता वृद्धि गर्नु पर्ने हुन्छ।’ यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद कैलालीका पूर्व अध्यक्ष ज्योतिषी मनिराज जोशीले ज्योतिष शास्त्रको महत्त्व बारे चर्चा गर्दै वर्तमान समयमा ज्योतिष बिधा प्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको बताए ।

‘अब ज्योतिष बिधा केही ब्यक्तिको ज्ञानमा मात्र सिमित छैन’ उनले भने ‘अब यसको दायरा फराकिलो हुँदै गएको छ, यसको महत्त्व बढ्दै गएको छ।’ नयाँ पुस्ताले आधुनिक प्रविधिसहित ज्योतिष विद्याको अध्ययन अनुसन्धान र सेवा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा बोल्ने आधिकांश अतिथिहरूले ज्योतिषीहरुको क्षमता वृद्धिका लागि विशेष तालिम/सेमिनारको ब्यवस्था हुनुपर्ने बताए ।

नेपाल ज्योतिष परिषद कैलालिका अध्यक्ष ज्यो. खगेन्द्र राज अवस्थिले  हरेक वडामा, हरेक विद्यालयमा संस्कृत र ज्योतिषको तालिम आयोजना गर्नुपर्ने बताएका हुन । यसले धर्म, संस्कृति र प्राचीन विज्ञानको अस्तित्व बचाउनमा टेवा पुर्‍याउनेमा उनको तर्क थियो ।

नेपाल ज्योतिष परिषद कैलालीका अध्यक्ष ज्यो. खगेन्द्र राज अवस्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्यो. टिकाराम पाठक, ज्यो. पुष्पराज सुवेदी, ज्यो. लोकराज जोशी, ज्यो. धर्मराज उपाध्याय. ज्यो. महेश्वरा भट्ट, ज्यो. तुलसीधर जोशी, ज्यो. देवीराम शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन ज्यो. सिद्धराज उपाध्यायले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...