चार लाख बढीको अवैध सामान बरामद

धनगढी । कैलाली कञ्चनपुरका छुट्टाछुट्टै स्थानबाट प्रहरीले ४ लाख बढीको अवैध भन्सार छलीको सामान बरामद गरेको छ । बुधवार कैलालीको धनगढी, टीकापुर र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – ९ त्रिवेणीघाट, धनगढी उपमहानगरपालिका – १२ भैसीघाट र टीकापुर नगरपालिका – ४ मौरनियाबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २७ हजार २ सय बराबरको प्याज, चिनी, चिया पत्ती, बेसन, सुर्ती, आलु, मटर, च्याउ, मसाला, कुकर, जुत्ता, सिद्रा माछा, किराना लगायतका सामानहरू बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

यस्तै भीमदत्त नगरपालिका –४ बसपार्क र भीमदत्त नगरपालिका –६ ऐठपुरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २ हजार १५० रुपैयाँ बराबरको विभिन्न किसिमका सुट पिस, भेष्ट, थान कपडा, कालो मरीच, फुटबल सुज लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

Loading...