बढ्यो सुनको भाउ

काठमाडौं । कारोबारको दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ आज बढेको छ। आज प्रतितोला ५ सय रुपैयाँ बढेको सुन १ लाख ५२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १८३० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...