कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले दियो जाडो बिदा 

अत्तरिया- कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले आईतबार २१ गते देखि ‍‍‍जाडो बिदा दिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको क्याम्पसले शुक्रवार एक सूचना जारी गर्दै आइतबार देखि माघ १३ गते सम्म जाडो बिदा दिएको हो । 

सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक क्यालेण्डर अनुसार यस शैक्षिक सत्र २०८१/०८२ को जाडो बिदा पुष २१ देखि माघ १३ गते सम्म बिदा दिएको क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

बिदाको समयमा क्याम्पसको प्रशासन भने बिहान १० देखि ४ बजेसम्म खुला हुने सूचनामा उल्लेख गरिएको छ। साथै माघ १४ गतेदेखि यथासमयमा नियमित रुपमा कक्षा सञ्चालन हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

Loading...