भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त पक्राउ

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

उनकाअनुसार शाहीलाई कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । शुुक्रबार पक्राउ गरिएका शाहीलाई विमानमार्फत धनगढी ल्याइएको छ । बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो ।

Navadurga sun
Godawari sandesh

प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुख्य अभियुक्त नवीन रावलसहितका २१ जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरेको थियो ।

अभियुुक्त मध्ये १२ जना पक्राउ परेर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । तर मुद्दाको अन्तिम फैसला हुन भने सकेको छैन । उक्त मुद्दामा पटक–पटक पेशी तोकिएपनि हालसम्म अन्तिम सुनवाई हुुन सकेको छैन ।

 

Couple
Loading...