काठमाडौं । आज शुक्रबार बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातारजसो भूकम्प गइरहेको छ ।