एमसीसीले करिब ७ अर्ब रुपैँया अनुदान थप्ने

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ) ले बढाएको छ। एमसीसी अनुदानमा बन्ने परियोजना कार्यान्वयनमा ढिलाइ भएपछि त्यसबाट बढ्ने लागत पूर्तिका लागि एमसीसीले अनुदान बढाउने निर्णय गरेको हो।

अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्न चाहेको बारे सूचना दिएको थियो। विहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको हो।

Navadurga sun

‘थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने।

एमसीसीले अनुदान बढाएपछि यस अन्तर्गतका परियोजना कार्यान्वयनमा कुल ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुने भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...