टीकापुरबाट खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–९ खक्रौला स्थित मुख्य सडक खण्डबाट टीकापुर नगरपालिका–१ वनगाँउ बस्ने २५वर्षीय तुलाराम घर्तिमगर पक्राउ परेका हुन्।

घर्तिमगरलाई १ ग्राम ८ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन०सहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

 

Loading...