काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायत र रवीन्द्र केसी बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले दुई जनालाई बढुवा गर्न सिफारिस गरेको हो।
कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा र केसी अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। एआइजी किरण बज्राचार्य र भरत बोहरा अवकाशमा गएसँगै दुई पद रिक्त भएका थिए। ती पद पूर्तिका लागि समितिले बढुवा सिफारिस गरेको हो।