तीन लाख मुल्यको अबैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट तीन लाख मुल्यको अबैध सामान बराामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी–१५ कनरी र टीकापुर–९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६१ हजार बराबरको सामान बरामद गरिएको हो।

कार्पेट, सोफा, तातो कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका–६ बैशाखाबाट २ लाख ६२ हजार ५ सय बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको चिनि, मिश्री, जुत्ता, चप्पल, कपडा, साईकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...