धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्।

सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

Navadurga sun

यस्तै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्ट पक्राउ परेका छन्। बिष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...