कुखुराको मासु खाँदा एक जनाको मृत्यु, ३ जना बिरामी

अछाम- अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ भने परिवारका अन्य तीन जना बिरामी भएका छन् ।

कमलबजार नगरपालिका ९३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।

बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाती ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दुस्ख्ने, बान्ता गर्ने लगायतका स्वास्थ्य समस्या देखिएको थियो ।

मृतक किशोरका आमाबुवा रोजगारीका सिलसिलामा भारत रहेका छन् । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...