कैलाली पत्रकार महासंघका नव निर्वाचित पदाधिकारी र सदस्यको पदास्थापना सप्पन्न

अत्तरिया- नेपाल पत्रकार महासंघ कैलाली शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदास्थापना कार्यक्रम सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्रमन्त्री आरजु राणा देउबा रहनु भएको थियो । नव निर्बाचित अध्यक्ष श्रबण देउवा लगायत पदाधिकारी सदस्यहरुलाई मन्त्री राणाले फुलमाला र अविरले सम्मान गरिन् । साथै मन्त्री राणाले निर्वाचित सबैलाई बधाई ज्ञापन गरिन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हिमाल जोशीले नव निर्वाचित अध्यक्ष देउाालाई माइनुट हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मन्त्री बहादुर सिं थापा , प्रदेश सांसद प्रकाश देउबा , पुर्बमन्त्री शिबराज भट्ट , राज्यमन्त्री सरस्वती खड्का लगायतको सहभागीता रहेको थियो ।

Loading...