सेनाले गोली हानेर समात्यो खाग तस्कर

काठमाडौं । नेपाली सेनाले गैँडाको खाग सहित १ जनालाई नियन्त्रणमा लिएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगणको टोलीले बिहीबार दिउँसो हेटौडा नगरपालिका ८ गर्दईबाट गैडाको खागसहित एक पुरुषलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। उनलाई पक्राउ गर्नका लागि सेनाले पाँच राउन्ड हवाई फायर समेत गरेको  थियो।

Loading...