खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी । कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–७ मनेहराबाट सोही ठाउँ बस्ने २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन्।

रानालाई १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो।

Loading...