अबैध भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट अबैध भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, शिसा पोष्ट, धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार, टीकापुर नगरपालिका–१ मुनुवा रोडको भित्री सडक खण्ड र कैलारी गाउँपालिका–४ “के” गाउँ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७६ हजार ४२० बराबरको सामान बरामद गरिएको हो।

प्याज, चिनी, मटर, तिलको तेल, सुर्ती, चक्लेट, काँचो कपडा, ट्याक्टरका बिभिन्न पाटपुर्जा, सिद्रा माछा, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...